मुसहर्नियाबाट ठूलो परिमाणमा गाँजा बरामद, दुई युवक प्रहरी नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 9
1 Min Read
Oplus_16908288

१८ बैसाख,धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सूचनाको आधारमा शुक्रबार बिहान धनुषाको मुसहर्निया गाउँपालिका–६ लक्ष्मिनियाँ क्षेत्रबाट ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

डिएसपी गणेशबहादुर बमको कमान्डमा खटिएको टोलीले शंकास्पद गतिविधि नियन्त्रणमा लिने क्रममा स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादवलाई ५ बोरामा प्याक गरिएको १३७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेको कार्यालयका प्रवक्ता बमले जानकारी दिनुभयो।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर