पोखरामा सुटकेसभित्र युवतीको शव फेला: श्रीमान् फरार, हत्याको आशंका

छानबिन न्यूज
पाठक संख्या 146
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१७ फागुन,पाेखरा ।  पोखरा–१७ ड्यामसाइड नजिकैको फुस्रे खोलाको नयाँ पुलमुनि आइतबार बिहान एउटा सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा २२ देखि २५ वर्षकी युवतीको शव फेला परेको छ, जसको हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु र साथमा मेडिकल कार्ड समेत भेटिएको छ।

स्थानीयले शंकास्पद सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए र प्रारम्भिक अनुसन्धानका क्रममा मृतक युवती करिब एक महिनाअघि मात्रै भारतको सिलगुडीका आफ्ना श्रीमानसँग जापानी भाषा सिक्ने बहानामा ड्यामसाइडमा कोठा भाडामा लिएर बस्न थालेको खुलेको छ।

कास्की प्रहरी प्रमुख नवीन कार्कीका अनुसार श्रीमतीको हत्या गरी सुटकेसमा हालेर फालेपछि श्रीमान् फरार भएको देखिएको छ भने उनको आधार कार्ड भारतको सिलगुडीको रहेको पाइएको छ।

हाल शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ र प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्दै फरार व्यक्तिको खोजी कार्यलाई तीव्रता दिएको छ।

प्रतिक्रिया
शेयर