९ बैसाख,बारा । जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोबिन्द थपलियाको कार्यकक्षमै एक प्रहरी जवानले आत्महत्याको प्रयास गरेको समाचार प्राप्त भएको छ।
सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले डिआइजी थपलियाकै अगाडि आफ्नो हात काट्ने प्रयास गरेका थिए, तर सोही क्रममा त्यहाँ उपस्थित एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले तत्काल हस्तक्षेप गरी उनलाई रोक्न सफल भएका कारण ठूलो क्षति हुन पाएन।
कार्यकक्षभित्रै भएको यस अप्रत्याशित घटनाको कारण र विस्तृत विवरण खुल्न बाँकी रहे पनि सुरक्षा निकायभित्र यसले खैलाबैला मच्चाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बुझिएको छ।
प्रतिक्रिया
