८ माघ,बारा । जनमत पार्टीका नेता तथा बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद प्रत्यासी सिए राजेश कुशवाहा सवारी दुर्घटनामा परी घाइते भएका छन्।
पार्टीका मधेस प्रदेश सदस्य गजानन्द यादवले दिएको जानकारी अनुसार, कलैयाबाट आफ्नो घर पचरौता नगरपालिका वडा नम्बर ५ (चिकनी) जाने क्रममा विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा उम्मेदवार कुशवाहा घाइते भएका हुन्।
उक्त दुर्घटनामा उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ भने हाल कलैयास्थित एपल्स अस्पतालमा उनको उपचार भइरहेको छ।
प्रतिक्रिया
