१५ चैत,बारा । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा ज्यानसम्बन्धी कसुरमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले दुवैको बयान बाँकी रहेकाले म्याद थपको अनुमति दिएको जानकारी अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले दिएका छन्।
म्याद थपका लागि लेखकलाई भौतिक रूपमै अदालत उपस्थित गराइएको थियो भने शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भिडिओ कन्फ्रेन्समार्फत हाजिर गराइएको थियो। अदालतले ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रभावकारी उपचारको व्यवस्था गर्न समेत आदेश दिएको छ भने हाल लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नं गणमा राखिएको छ।
