ईर्साद अन्सारी
१९ चैत,काठमाण्डाैं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शाहीले राजनीतिक दलका कार्यकर्ता व्यवस्थापनका लागि मात्र ल्याइएको प्रदेश संरचना सञ्चालन गर्न वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको र ८८४ जना सांसद पाल्नुपर्ने अवस्था रहेको जिकिर गरे।
उनले यदि सरकारले यही संसद्बाट प्रदेश संरचना खारेज गर्ने आँट गर्छ भने दुई तिहाइका लागि आवश्यक १८४ को सट्टा १८७ मत पुर्याउन आफूहरूले साथ दिने घोषणा समेत गरे।
प्रतिक्रिया
