१७ चैत,काठमाण्डाैं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा चैत २४ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले तय गरेको कार्यक्रमअनुसार चैत २४ गते सबै जिल्ला कमिटीहरूले बृहत् कार्यकर्ता भेला आयोजना गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
महासचिव पोखरेलका अनुसार जिल्ला भेलापछि पालिका, वडा र प्रदेशस्तरमा विभिन्न विरोधका कार्यक्रमहरू सञ्चालन गरिनेछ भने सोही आन्दोलनको सिलसिलालाई निरन्तरता दिँदै आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा बृहत् विरोध प्रदर्शन एवं सभा आयोजना गरिनेछ ।

प्रतिक्रिया
