नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी

छानबिन न्यूज
पाठक संख्या 96
1 Min Read
Oplus_16908288

२५ चैत,काठमाण्डाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धानका सिलसिलामा गृह मन्त्रालयको विशेष पहलमा जिल्ला अदालतबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ अनुमति लिइएको समाचार सार्वजनिक भएको छ ।

प्रहरी स्रोतका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको भए पनि उनीहरूलाई नियन्त्रणमा लिनका लागि हालसम्म औपचारिक निर्देशन वा अनुरोध भने प्राप्त भइसकेको छैन ।

देउवा दम्पती हाल नेपालबाहिर वैदेशिक भ्रमणमा रहेको सन्दर्भमा गृह मन्त्रालय निकट स्रोतले आवश्यक परेको खण्डमा उनीहरूलाई इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेर भए पनि स्वदेश फिर्ता ल्याई कानुनी दायरामा उभ्याइने तयारी भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया
शेयर