२२ फागुन,बारा । मुस्ताङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जितको खाता खोल्दै राजनीतिक वृत्तमा उत्साह थपेको छ, जहाँ कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार थकालीले ३,३०७ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १,८०६ मतमा चित्त बुझाउनुपरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया
