१६ चैत,काठमाण्डाैं । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा चालेका कदमबारे छानबिन आयोगले गरेको सिफारिसका आधारमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सम्बन्धमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ।
ठशनिबार बिहान पूर्वगृहमन्त्री रमेश लेखकसँगै पक्राउ परेका ओलीलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ गर्नुको आधार र कारण पेस गर्न सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।
प्रतिक्रिया
