दोलखाको मालु मतदानस्थलमा विवादपछि प्रहरीद्वारा हवाई फायर

छानबिन न्यूज
पाठक संख्या 84
1 Min Read

२१ फागुन,काठमाण्डाैं । दोलखाको मालु मतदानस्थलमा मतदानका क्रममा उत्पन्न विवाद नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि नै केही व्यक्तिले हातपात गर्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको र सोही अवस्थालाई साम्य पार्न प्रहरीले हवाई फायर गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले पुष्टि गर्नुभएको छ।

उक्त घटनापछि अहिले सो क्षेत्रमा सामान्य नाराबाजी भइरहेको र सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया
शेयर