रौतहटको गौरमा दुई समुदायबीच झडपपछि कर्फ्यु आदेश जारी

छानबिन न्यूज
पाठक संख्या 94
1 Min Read

९ फागुन,गाैर ।  रौतहटको गौर नगरपालिका–६, सवगढामा विवाहको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा भएको ६ बुँदे सहमति उल्लंघन गर्दै शनिबार बिहानैदेखि दुवै पक्षबीच ढुंगा–मुढा र झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले  फागुन ९ गते दिउँसो १ बजेदेखि अर्काे आदेश  नभए सम्म कर्फ्यु  आदेश जारी गरेकाे हो।

झडपका क्रममा घाइते भएका ६ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने भीडलाई तितरबितर पार्न सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेका छन्।

हाल पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ, जहाँ कुनै पनि किसिमको हिँडडुल, भेला वा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ।

प्रतिक्रिया
शेयर