१५ माघ,काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक नगद रकम वृद्धि गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी २०८२ फागुन १ गतेदेखि लागू हुने गरी प्रहरीको रासन भत्ता बढाइएको जानकारी दिनुभयो।
लामो समयदेखि महँगी अनुसार रासन रकम परिमार्जन हुनुपर्ने माग उठिरहेका बेला सरकारले प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न यो नयाँ व्यवस्था गरेको हो।
प्रतिक्रिया
