वीरगञ्ज–पथलैया करिडोरमा पिकअप दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२२ भदाै,बारा । वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान कुखुरा बोकेको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा वीरगञ्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.५ च २२७७ नम्बरको पिकअप गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।
डिभाइडरमा ठोक्किएपछि गाडी अर्को लेनमा पुगेर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पिकअपका सहचालक बाराको विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन्। उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0