मनास्लु र लार्केपास पदयात्रा तत्काल नगर्न प्रशासनको आग्रह
२२ भदाै,गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।
आइतबार भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुव्री गाउँपालिका–२ र ४ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको हो।
पुल बगाएपछि उक्त क्षेत्रको पदमार्ग अवरुद्ध हुनुका साथै पदयात्रीको आवतजावत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ। त्यसैले मनास्लु पदमार्ग वा लार्केपास पदमार्गमा जाने तयारीमा रहेका तथा हाल यात्रामा रहेका सबै पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न तथा नगराउन अनुरोध गरिएको छ।
सम्बन्धित निकायले यात्रामा रहेका पर्यटक तथा अन्य व्यक्तिको अवस्थाबारे जानकारी लिन, आपत्कालीन समन्वय गर्न वा सहयोग आवश्यक परे सम्बन्धित नियन्त्रण कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३ र पर्यटक प्रहरी ११४४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0