मधेशबासी समुदाय लक्षित आपत्तिजनक अभिव्यक्ति लेख्ने व्यक्ति काठमाडौंमा पक्राउ
२१ भदाै,काठमाण्डाैं । काठमाडौंका विभिन्न सार्वजनिक स्थानमा मधेशबासी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने तथा द्वन्द्व भड्काउने प्रकृतिका अभिव्यक्ति लेखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका–३१, शङ्खमुलमा बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन्।
सार्वजनिक स्थानमा मधेशबासी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गुरुङलाई भदौ २० गते शङ्खमुलबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीविरुद्ध सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे जानकारी दिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0