भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली, राहत र पुनर्निर्माण प्रभावकारी बनाउन माग

Sep 7, 2026 - 19:48
 0  3
भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली, राहत र पुनर्निर्माण प्रभावकारी बनाउन माग

२२ भदाै,काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको १३औँ पुण्यतिथिका अवसरमा सोमबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकहरूप्रति पार्टी र आफ्नो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

 ओलीले बाढीबाट भएको अकल्पनीय क्षतिले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै प्रियजन गुमाएका शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले दुःखको यस घडीमा शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्।

 बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिहरूप्रति ओलीले धन्यवाद व्यक्त गरेका छन्। एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले पुर्‍याएको सहयोगप्रति उनले आभार व्यक्त गरेका हुन्।

 बेपत्ता रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै ओलीले खोजी तथा उद्धार कार्यलाई प्रभावकारी ढंगले निरन्तरता दिनुपर्ने बताएका छन्।

साथै, बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग उनले पुनः जोडदार माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0