भुसा राख्ने गोठमा लुकाइएको १० लाखभन्दा बढीको कपडा बरामद

Sep 18, 2026 - 15:33
 0  6
भुसा राख्ने गोठमा लुकाइएको १० लाखभन्दा बढीको कपडा बरामद

ईर्साद अन्सारी

२ असाेज,पर्सा  । पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार गाईभैंसीको भुसा राख्ने गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा कपडा फेला पारेको हो।

प्रहरीका अनुसार गोठमा बेवारिसे अवस्थामा रहेका विभिन्न किसिमका कपडा बरामद गरिएको हो। बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बरामद कपडाको कुल मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0