बाराको मटिअर्वा सीमा क्षेत्रमा जुवातासको बिगबिगी, आपराधिक गतिविधि बढ्ने स्थानीयको चिन्ता

Sep 7, 2026 - 11:05
 0  26
बाराको मटिअर्वा सीमा क्षेत्रमा जुवातासको बिगबिगी, आपराधिक गतिविधि बढ्ने स्थानीयको चिन्ता

२२ भदाै,बारा । बाराकाे मटिअर्वा भन्सार कार्यालयकाे पश्चिमपट्टि बाँसघारी क्षेत्रमा खुलेआम जुवातास हुने गरेकाे स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार उक्त स्थानमा दैनिकजसो हजारौँ रुपैयाँकाे हारजित हुने गरी जुवा खेल हुने गरेकाे छ। स्थानीयका अनुसार जुवा खेल्न भारतबाट समेत जुवाडेहरू आउने गरेका छन् भने नेपालका विभिन्न स्थानबाट पनि जुवाडेहरू पुग्ने गरेका छन्।

मटिअर्वाकै एक व्यक्तिले उक्त स्थानमा जुवा खेलाउने गरेकाे स्थानीयकाे दाबी छ। अझ गम्भीर कुरा, जुवा खेलाइने भनिएकाे स्थान नेपाल–भारत सीमाकाे ‘नो मेन्स ल्यान्ड’ क्षेत्रमा पर्ने स्थानीयकाे भनाइ छ।

उक्त स्थान सशस्त्र प्रहरी नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म तथा प्रहरी चौकीबाट समेत नजिकै रहेको बताइएको छ। सीमा क्षेत्रमा सुरक्षा निकायकाे उपस्थितिका बाबजुद जुवातास सञ्चालन भइरहेकाे स्थानीयकाे दाबीले सीमा सुरक्षासँगै कानुन कार्यान्वयनमाथि समेत प्रश्न उठाएकाे छ।

स्थानीयले यस्ता गतिविधिका कारण सीमा क्षेत्रमा आपराधिक गतिविधि बढ्न सक्ने भन्दै सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 1
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0