धनुषाबाट १९७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Sep 7, 2026 - 13:27
 0  4
धनुषाबाट १९७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

२२ भदाै,बारा । धनुषाबाट प्रहरीले १९७.४४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई सोमबार धनुषाको मिथिला नगरपालिका–२ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनीका २७ वर्षीय संजित कुमार राम र धनुषाको सबैला नगरपालिका–१० का २६ वर्षीय राकेश राम रहेका छन्। प्रहरीका अनुसार उनीहरूले भारतको मधुवनीबाट खैरो हेरोइन खरिद गरी ल्याएर मधेश प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 उनीहरूको साथबाट १९७.४४० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

 पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0