खोटाङमा ससुराली पुगेका व्यक्तिद्वारा खुकुरी प्रहार, श्रीमतीसहित चार जना गम्भीर घाइते,एकजना पक्राउ

Oct 26, 2026 - 09:06
 0  3
खोटाङमा ससुराली पुगेका व्यक्तिद्वारा खुकुरी प्रहार, श्रीमतीसहित चार जना गम्भीर घाइते,एकजना पक्राउ

९ कातिक,बारा  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ससुराली पुगेका एक व्यक्तिले खुकुरी प्रहार गर्दा श्रीमतीसहित चारजना घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–३, आहालेका ४३ वर्षीय नइन्द्र कुमार राईले आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गर्दा चारजना घाइते भएका हुन् ।

खुकुरी प्रहारबाट स्थानीय ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ ।

 उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ । २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ ।

घाइते चारैजनालाई उपचारका लागि नगर अस्पताल दुर्छिम लगिएको छ । उनीहरूको उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा नइन्द्र कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0