बिकेन्द्र सुबेदी
५ मंसिर,बारा । बाराको सिमरामा हालै भएको झडपको विषयलाई लिएर जिल्ला सुरक्षा समिति बारा र जेन-जी समूहबीच पथलैयास्थित सशस्त्र प्रहरी शिक्षालयमा वार्ता सुरु भएको छ।
बुधबार भएको झडपमा ६ जना जेन-जी सदस्यहरू घाइते भएपछि उनीहरूले दुई दिनदेखि सडक प्रदर्शन गर्दै युवा संघका कार्यकर्ताहरूलाई पक्राउ गरिनुपर्ने माग राखेका छन्।
वार्तामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको संयोजकत्वमा सुरक्षा समितिका एसपी, सशस्त्र एसपी, र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सहभागी छन्। जेन-जी समूहका तर्फबाट भने जिल्ला संयोजक सम्राट उपाध्यायको नेतृत्वमा १८ जनाको टोली उपस्थित छ ।
युवा मन्त्री बब्लु गुप्ता, सुधन गुरूङ लगायतका जेनजी नेताहरू सहभागी हुने बताईए पनि उनीहरू सहभागी भएनन्। यो वार्ता जेन-जी र एमाले युवा संघका कार्यकर्ताबीचको कुटपिटको घटनापश्चात उत्पन्न तनावलाई मत्थर पार्ने उद्देश्यले सुरु गरिएको हो।आफूहरुलाई कुटपिट गर्ने युवासंघका कार्यकर्ता पक्राउ गर्नुपर्ने उनीहरुको माग छ ।









प्रतिक्रिया दिनुहोस् !