मधेश प्रदेशमा वारपार: जनमतले दियो आफ्नै मन्त्री सहभागी सरकारको विपक्षमा मतदान गर्ने आदेश

छानबिन न्यूज
पाठक संख्या 79
1 Min Read

ईर्साद अन्सारी

१ जेठ,बारा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने तयारी गरिरहँदा जनमत पार्टीले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ।

जनमत संसदीय दलका नेता चन्दनकुमार सिंहले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ को उपदफा १ (क) बमोजिम जेठ १ गतेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीको विश्वासको प्रस्तावको विरुद्धमा उभिन निर्देशन दिनुभएको हो।

पार्टीले गत वैशाख २१ गते नै सरकारबाट समर्थन फिर्ता लिइसकेको भए पनि जनमतकै तर्फबाट मन्त्री रहेका महेश प्रसाद यादव र बसन्त कुशवाहाले हालसम्म राजीनामा दिएका छैनन्, जसले गर्दा पार्टीभित्र केही आन्तरिक विवाद समेत देखिएको छ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा १२ सांसद रहेको जनमतले दलको नेताबाट महेश प्रसाद यादवलाई हटाएर सिंहलाई नियुक्त गरिसकेको अवस्थामा आजको मतदानलाई निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया
शेयर