१८ असार,बारा । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएकोमा उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सोही सजाय भुक्तान गराउनका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
