उदयपुरमा प्रहरीको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति, मतदान जारी

छानबिन न्यूज
पाठक संख्या 133
1 Min Read

२१ फागुन,काठमाण्डाैं ।  उदयपुरको कटारी नगरपालिका–३ स्थित तावाखोला (ख) मतदान केन्द्रमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीको हतियारबाट आकस्मिक रूपमा गोली पड्किँदा एउटा मतपेटिकामा सामान्य क्षति पुगेको छ।

बिहान ७:१० बजेतिर नेपाल प्रहरीले बोकेको सटगनबाट अचानक गोली चले पनि कुनै मानवीय वा ठूलो भौतिक क्षति भने नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले पुष्टि गर्नुभएको छ।

घटनालगत्तै क्षति पुगेको उक्त मतपेटिकालाई नयाँ मतपेटिकाले विस्थापन गरी मतदान प्रक्रिया सुचारु गरिएको छ भने हाल त्यहाँ कुनै अवरोध बिना मतदान कार्य निरन्तर चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर