१९ असार,काठमाण्डाैं । अमेरिकामा बस्दै आएका नेपाली समाजसेवी हेम थापा र माया थापाका २४ वर्षीय कान्छा छोरा तथा अमेरिकी सेनामा कार्यरत सुशील थापाको हालै सैन्य तालिमका क्रममा दुर्घटनाबस चलेको गोली टाउकोमा लाग्दा दुःखद निधन भएको छ ।
ताप्लेजुङ घर भई लामो समयदेखि परिवारसहित अमेरिकामा रहँदै आएका र हालै मात्र अमेरिकी सेनामा पदोन्नति भएका सुशील, प्रमोसनपछि परिवारसँग केही दिनको बिदा मनाएर काममा फर्किएकै सुरुवाती दिनहरूमा यो अप्रत्याशित दुर्घटनाको सिकार भएका हुन् ।
हालसम्म परिवारले उनको पार्थिव शरीर प्राप्त गर्न नसकेको यस दुखद घडीमा समाजमा गहिरो शोक छाएको छ ।
प्रतिक्रिया


