महागढिमाई नगरपालिकाको १०औँ नगरसभा भव्य रूपमा सुरु

छानबिन न्यूज
पाठक संख्या 99
1 Min Read
oplus_0

१० असार,बारा ।  बाराको ऐतिहासिक तथा धार्मिक पर्यटकीय नगरी महागढिमाई नगरपालिकाको १०औँ नगरसभा एक विशेष समारोहका बीच भव्य रूपमा सुरु भएको छ ।

नगर प्रमुख उपेन्द्र यादवको अध्यक्षता तथा स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सुरु भएको उक्त नगरसभामा आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

सभाले नगरको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै स्थानीय जनताका आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षका अधुरा योजनाहरूलाई पूर्णता दिने र नयाँ गौरवका आयोजनाहरूलाई अगाडि बढाउने विषयमा नगरसभामा सघन छलफल भइरहेको छ भने यसले नगरको समग्र आर्थिक र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

oplus_0
प्रतिक्रिया
शेयर