ग्रिनल्याण्ड कब्जा गर्ने वा किन्ने डोनाल्ड ट्रम्पको दाउ: रसिया र चीनको हस्तक्षेप रोक्न कठोर कदम चाल्ने चेतावनी

छानबिन न्यूज
पाठक संख्या 115
1 Min Read

२६ पुस,काठमाणडाैं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलापछि अब आफ्नो ध्यान ग्रिनल्याण्डतर्फ केन्द्रित गर्दै यसलाई नियन्त्रणमा लिन वा खरिद गर्न शीर्ष अधिकारीहरूसँग छलफल तीव्र पारेका छन्।

तेल र ग्यासका विषयमा आयोजित भेटघाटमा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले ग्रिनल्याण्डका नागरिकहरूलाई १ लाख डलर अनुदान दिने घोषणा समेत गरेका छन् भने अमेरिकाले कदम नचालेमा रुस र चीनले त्यहाँ हस्तक्षेप गर्ने दाबी गर्दै वासिङ्टनले उनीहरूलाई छिमेकीका रूपमा नचाहेको स्पष्ट पारेका छन्।

“हामी ग्रिनल्याण्डको बारेमा केही गर्नेछौँ, चाहे उनीहरूलाई मन परोस् या नपरोस्,” भन्दै ट्रम्पले यो प्रक्रियालाई सहज तरिकाले अगाडि बढाउन चाहेको तर आवश्यकता परेमा कठिन तरिका अपनाउन पनि तयार रहेको चेतावनी दिएका छन्, जसले गर्दा ग्रिनल्याण्डप्रति उनको अडान थप कडा हुँदै गएको देखिएको छ।

प्रतिक्रिया
शेयर