१८ असार,बारा । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली ०३–००१ ख १०५५ नम्बरको यात्रुवाहक हाइस माइक्रोबस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडाबाट सडकभन्दा करिब ५०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनाको स्पष्ट कारण र गाडीमा सवार यात्रुहरूको संख्या अझै खुल्न नसकेको भए तापनि घटनालगत्तै प्रहरी र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर नदीमा बेपत्ता भएको हाइस र यात्रुहरूको तीव्र रूपमा खोजी तथा उद्धार कार्य गरिरहेका छन् ।
प्रतिक्रिया
