२० चैत,काठमाण्डाैं । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदा पनि सरकारले भाडा समायोजनमा बेवास्ता गरेको भन्दै यातायात व्यवसायी महासंघले आन्दोलनको अन्तिम चेतावनी दिएको छ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक विधिअनुसार यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत तथा मालवाहक सवारीमा पहाड र तराईमा क्रमशः १४.२९ र ८.८१ प्रतिशत भाडा वृद्धि गर्न सिफारिस गरिसकेको भए तापनि मन्त्रालयले उक्त फाइल रोकेर राखेको आरोप लगाइएको छ।
वि.सं. २०७२ सालदेखि १३ वटा मुख्य सूचकका आधारमा भाडा समायोजन नभएको र अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गर्दै महासंघले अब घाटा खाएर सेवा दिन नसक्ने र माग पूरा नभए यातायात क्षेत्र पूर्ण रूपमा ठप्प पार्ने स्पष्ट पारेको छ।
