११ चैत,काठमाण्डाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्दै आज मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ बढाउने निर्णय गरेको छ।
यस नयाँ मूल्य समायोजनसँगै अब उपभोक्ताका लागि पेट्रोलको मूल्य पहिलो वर्गमा १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि बढेर पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया
