२८ जेठ,बारा । नेपालको प्रचलित मूल्य अभिवृद्धि कर ऐन, २०५२ र राजस्व चुहावट नियन्त्रण ऐनको धज्जी उडाउँदै पर्साको वीरगञ्जबाट बाराको सीमावर्ती क्षेत्र मटिअर्वा पुर्याएर भण्डारण गरिएको ११२ बोरा चिनियाँ फर्सीको बीउ अन्ततः बुधबार राति तस्करी भई भारत पुर्याइएको छ।
व्यावसायिक मालसामान एक गोदामबाट अर्को गोदाममा सार्दा अनिवार्य रूपमा आवश्यक पर्ने आन्तरिक हस्तान्तरण चलान र भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (VCTS) मा प्रविष्टिको कानुनी प्रक्रिया बिना नै चीनबाट आयातित उक्त बीउ कलैया उप-महानगरपालिकास्थित मटिअर्वाको एक कबाड गोदाममा लुकाएर राखिएको थियो।
दशगजा क्षेत्रमै अवस्थित सो गोदाम र बीउ भारतीय सहर आदापुरका कुख्यात तस्कर मोजामिलको रहेको र उनले केही महिनादेखि यस क्षेत्रमा अवैध कारोबार चलाउँदै आएकोमा बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले ‘हरियो झण्डा’ (लाइन क्लियर) दिएपछि लामो समयदेखि रोकिएको कवाड र फर्सीको बीउ बुधबार राति नै भारतीय बजार आदापुरतर्फ कटाइएको स्रोतको दाबी छ।
यसअघि स्थानीयबासीले सो शङ्कास्पद बीउका बारेमा मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियालाई समेत जानकारी गराएका थिए, तर डीआईजी थपलियाले यो विषय विशुद्ध ‘राजस्वको म्याटर’ भएको भन्दै कार्यक्षेत्र बाहिरको बहानामा पन्छिन खोज्नु र जिल्लाका प्रहरी प्रमुखकै सेटिङमा सामान सीमापार गाइनुले सीमा क्षेत्रमा तस्करी नियन्त्रणभन्दा बाहिर गएको मात्र पुष्टि गर्दैन, बरु स्थानीय सुरक्षा प्रशासनको निष्पक्षता र मुलुकको राजस्व चुहावट नियन्त्रण प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।फाईल फाृटाृे
