ईर्साद अन्सारी
२४ चैत,बारा । महोत्तरीको जलेश्वर-बर्दिबास सडक खण्ड अन्तर्गत बखरीदेखि बलवा जाने बाटोमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भीषण दुर्घटना हुँदा दुई जनाको जलेर मृत्यु भएको छ ।
अन्य चार जना घाइते भएका छन्। दुईवटा मोटरसाइकलमा ६ जना सवार रहेकोमा दुर्घटनालगत्तै भएको आगलागीमा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर र एक जनाको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घाइते चारै जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ भने मृतकहरूको पहिचान र घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ।
हाल घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहेको छ र प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
प्रतिक्रिया
