ईर्साद अन्सारी
१० चैत,काठमाण्डाैं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ डलर पुगेको छ। यसले गर्दा नेपालमा इन्धन अभावको जोखिम बढेको छ।
आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि सरकारले खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्था विभागले यसबारे यातायात व्यवसायीसँग परामर्श थालेका छन्।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार छलफल जारी भए पनि निर्णय भने भइसकेको छैन। यसैबीच सरकारले इन्धन बचतका लागि नागरिकहरूलाई विद्युतीय ऊर्जाको प्रयोग बढाउन समेत आग्रह गरेको छ।
प्रतिक्रिया
