सुर्खेतमा गहना पसलमा प्रहरीको छापा: करोडौँको सुनचाँदी र नगदसहित सञ्चालक पक्राउ

छानबिन न्यूज
पाठक संख्या 50
1 Min Read
Oplus_16908288

१९ जेठ,बारा ।  सुर्खेतबाट प्रहरीले जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकै रहेको ‘शिव ईम्पोरिय’ पसलबाट अनुमानित तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गहनासहित स्थानीय व्यापारी श्यामसुन्दर अग्रवाललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार अग्रवालको साथबाट तीन करोड मूल्य बराबरका १८५ थान सुन तथा चाँदीका गरगहनाका बट्टा, दुई लाख १९ हजार ५०० नेपाली रुपैयाँ, आठ लाख ११ हजार ९०० भारतीय रुपैयाँ र नगद गन्न प्रयोग गरिने एक थान मेसिनसमेत बरामद गरिएको छ भने पक्राउ परेका उनीमाथि हाल थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
शेयर