वीरगञ्जका मेयर राजेशमान सिंह लिखत किर्ते कसुरमा पक्राउ

छानबिन न्यूज
पाठक संख्या 26
0 Min Read

१९ जेठ,बारा ।  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई लिखत किर्ते गरेको कसुरमा पर्साको ठोरीबाट प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा पर्सा जिल्ला अदालतबाट गत जेठ ८ गते उनीसहित अन्य तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो, जसकै आधारमा उनलाई नियन्त्रणमा लिइएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएकाे छ ।

प्रतिक्रिया
शेयर