हेटौँडामा रविको गर्जनअघि नै रास्वपा मकवानपुरका सभापति कांग्रेसमा ‘ईन’

छानबिन न्यूज
पाठक संख्या 148
1 Min Read

११ फागुन,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुली आज औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आजै बिहान मात्र रास्वपाको सभापति पदबाट राजीनामा दिएका पराजुलीलाई सर्लाहीमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा स्वागत स्वागत गरेका छन ।

पार्टी परित्याग गर्ने क्रममा पराजुलीले रास्वपाभित्र इमानदार कार्यकर्ताभन्दा आर्थिक हैसियत भएका व्यक्तिहरूको प्रभाव बढेको गम्भीर आरोप लगाएका छन ।

विशेषगरी रास्वपाले आजै मकवानपुरको हेटौँडामा शक्ति प्रदर्शनका लागि बृहत् सभा आयोजना गरिरहेको र सोही सभालाई दिउँसो ४ बजे पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यतालिका रहेको सन्दर्भमा जिल्ला नेतृत्वले नै पार्टी छाड्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ

प्रतिक्रिया
शेयर