विराटको उत्कृष्ट ब्याटिङसँगै बेंग्लुरूलाई आइपिएल उपाधि, गुजरात ५ विकेटले पराजित

छानबिन न्यूज
पाठक संख्या 47
1 Min Read
Oplus_16908288

१८ जेठ,काठमाण्डाैं । गएराति नरेन्द्र मोदी स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसीबी) लगातार दोस्रो पटक च्याम्पियन बनेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले वासिङ्टन सुन्दरको ५० रन तथा निशान्त सिन्धुको २० रनको मद्दतले ८ विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो, जसमा बेंग्लुरूका बलर रशिक सलामले सर्वाधिक ३ विकेट तथा भुवनेश्वर कुमार र जोश हेजलउडले २/२ विकेट लिए।

जवाफी ब्याटिङमा ओर्लिएको बेंग्लुरूले १५६ रनको लक्ष्य १२ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो, जसका लागि ओपनर विराट कोहलीले ४२ बलमा नटआउट ७५ रनको उत्कृष्ट इनिङ खेले भने वेंकटेश ऐयरले ३२ र टिम डेविडले २४ रनको योगदान दिए।

गुजरातका तर्फबाट रशिद खानले २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् र यस जितसँगै उपाधि विजेता आरसीबीले ट्रफीसहित २० करोड रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता गुजरात टाइटन्सले १२.५ करोड रुपैयाँमा चित्त बुझाउनु पर्‍यो।

प्रतिक्रिया
शेयर