आगामी दुई दिन लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको जोखिम: सतर्क रहन मौसम विभागको आग्रह

छानबिन न्यूज
पाठक संख्या 77
1 Min Read
Oplus_16908288

५ चैत,काठमाण्डाैं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

विभागका अनुसार भोलि चैत ६ गते शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रमा र पर्सि शनिबार विराटनगर, धनकुटा तथा धरानलगायत कोशी प्रदेशका जिल्लाहरूमा झण्डै ३३ मिटर प्रतिसेकेण्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) को वेगमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।

यो तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, घरका कमजोर संरचना तथा छाना उड्ने र विद्युत् एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेकाले सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी अपनाउन विभागले विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया
शेयर