धादिङ बस दुर्घटना छानबिनका लागि सरकारी कार्यदल गठन

छानबिन न्यूज
पाठक संख्या 180
1 Min Read

११ फागुन,काठमाण्डाैं ।  पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु र २५ जना घाइते भएपछि सरकारले उक्त घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू र यातायात व्यवसायीसहितको बैठकले कार्यदल बनाउने निर्णय गरेको हो भने गृह प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्यदललाई दुर्घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थानीयको सहयोगमा तीव्र रूपमा उद्धार कार्य अघि बढाएको र घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको जानकारी दिँदै मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

प्रतिक्रिया
शेयर