मध्यपूर्व तनाव र आगलागीका कारण दुबई विमानस्थल बन्द

छानबिन न्यूज
पाठक संख्या 69
1 Min Read
Oplus_16908288

२ चैत,काठमाण्डाैं । मध्यपूर्वमा बढ्दो युद्वको तनाव र विमानस्थल नजिकै लागेको भीषण डढेलोका कारण संसारकै व्यस्तमध्येको एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

अमेरिकाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्वले विश्वकै प्रमुख हवाई ट्रान्जिट मानिने मध्यपूर्वी देशहरूको उडान सेवा प्रभावित भइरहेका बेला, यात्री र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सबै उडानहरू निलम्बन गर्ने निर्णय गरेका हुन्।

विमानस्थल नजिकै लागेको आगो निभाउन हम्मे-हम्मे परिरहेको अवस्थामा सुरक्षा जोखिमलाई मध्यनजर गर्दै हजारौँ उडान रद्द गरिँदा लाखौँ यात्रीहरू अलपत्र परेका छन्।

सन् २०२५ मा मात्रै ९ करोड यात्रीहरूले सेवा लिएको यो महत्त्वपूर्ण विमानस्थल बन्द हुँदा विश्वभरकै हवाई यातायात सञ्जालमा ठुलो असर परेको छ।

प्रतिक्रिया
शेयर