ईर्साद अन्सारी
२८ माघ,काठमाण्डाैं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरी १० दिने विशेष तालिम पूरा गरेका १ लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) आजदेखि देशभरका कार्यक्षेत्रमा खटिएका छन् ।
एकीकृत सुरक्षा योजना–२०८२ अनुसार नेपाल प्रहरीले नियुक्ति गरेका १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले नियुक्ति गरेका १५ हजार १ सय १० जना म्यादी प्रहरीलाई सुरक्षा टोलीसँगै परिचालन गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना यसअघि नै बाहिरी घेरामा खटिसकेको अवस्थामा अब मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिने गरी सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ ।
प्रतिक्रिया
