रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण: ट्रम्पद्वारा कडा जवाफ दिने चेतावनी

छानबिन न्यूज
पाठक संख्या 120
1 Min Read

१९ फागुन,काठमाण्डाैं ।  साउदी अरबको राजधानी रियादस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा दुईवटा ड्रोनमार्फत आक्रमण भएको साउदी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

जसबाट दूतावासको भवनमा सामान्य भौतिक क्षति पुग्नुका साथै लागेको आगोलाई नियन्त्रणमा लिइएको छ।

आक्रमणको समयमा भवन खाली रहेकाले मानवीय क्षति नभए पनि यस घटनाले मध्यपूर्वमा बढ्दो तनावलाई थप उत्कर्षमा पुर्‍याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको उचित र कडा जवाफ चाँडै दिने चेतावनी दिँदै प्रतिक्रिया जनाएका छन ।

इरान र अमेरिका–इजरायलबीचको बढ्दो द्वन्द्वका कारण खाडी मुलुकमा रहेका अमेरिकी नियोगहरू निसानामा पर्न थालेपछि यस क्षेत्रमा असुरक्षा र सैन्य मुठभेडको जोखिम अझै लम्बिने देखिएको छ।

प्रतिक्रिया
शेयर