जनयुद्ध दिवस’ मा प्रचण्डको आह्वान : राष्ट्रिय संकट समाधानका लागि सबै शक्ति एक हुनुपर्छ

छानबिन न्यूज
पाठक संख्या 117
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१ फागुन,काठमाण्डाैं । जनयुद्ध दिवस’ को अवसरमा शुभकामना सन्देश दिँदै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल राष्ट्रमा देखिएको गम्भीर संकट समाधानका निम्ति सम्पूर्ण राष्ट्रिय शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

रुकुमपूर्वबाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सोही क्षेत्रमा रहेका दाहालले सहिदका सपना पूरा गर्ने र रुकुम–रोल्पाजस्ता आधार इलाकाको ऐतिहासिक भूमिकालाई पुनः देशव्यापी रूपमा स्थापित गर्ने संकल्पका साथ आफू नयाँ समाजवादी अभियानमा होमिएको स्पष्ट पारे।

अहिलेको परिस्थितिमा ‘जेन–जी’ आन्दोलन र त्यसपछिको विध्वंसका कारण मुलुक अप्ठ्यारो मोडमा रहेको चर्चा गर्दै उनले फागुन २१ को चुनावबाट सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरु गर्नु अपरिहार्य रहेको बताए।

प्रतिक्रिया
शेयर