धनुषाको बडहरीमा बम विष्फोट, दुई बालबालिका घाइते

छानबिन न्यूज
पाठक संख्या 157
0 Min Read

१९ फागुन,जनकपुरधाम ।  धनुषाको मिथिला नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको बडहरी पुलमा बम विष्फोट हुँदा दुई जना बालबालिका घाइते भएका छन् ।

विष्फोटमा परी मिथिला–८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै बालबालिकाको अवस्था हाल सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
शेयर