बारामा प्रहरीद्वारा एक हजार लिटर अवैध घरेलु मदिराको कच्चा पदार्थ नष्ट

छानबिन न्यूज
पाठक संख्या 93
1 Min Read
Oplus_16908288

१२ जेठ,बारा ।  बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ०६ पटेर्वामा अवैध रूपमा सञ्चालन गरिएको एक घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई प्रहरीले करिब ६० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट प्रहरी नायब निरीक्षक अजय बहादुर क्षेत्रीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा मिति २०८३ जेष्ठ १२ गते दिउँसो अं. १५:०० बजे स्थानीय संजित कल्वारले आफ्नै खेतको दुई कोठे टहरामा चलाइरहेको उक्त भट्टी फेला पारेको हो।

प्रहरीले भट्टी पूर्ण रूपमा भत्काउनुका साथै मदिरा तयार पार्न राखिएको जम्मा १००० लिटर कच्चा पदार्थ स्थानीय प्रतिनिधिको रोहवरमा घटनास्थलमै नष्ट गरेको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले प्रेस विज्ञप्ति मार्फत गराउनुभएको छ।

प्रतिक्रिया
शेयर