२५ फागुन,बारा । समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति प्रेस चौतारी नेपालमा समाहित भएकाे छ ।
संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साहको नेतृत्वमा संगठन चौतारीमा फर्किएको हो । चाैतारीमा फर्कनेमा जिल्ला ईन्चार्ज रुपेश सिंह पनि रहेका छन् । सचिव भोला यादव, सहसचिव धीरेश दत्त, कोषाध्यक्षमा दिनेशकुमार साहसहित १५ सदस्यीय कमिटी प्रेस चौतारीमा फर्किएको हो ।
उनीहरूलाई अधिवेशनका प्रमुख अतिथि तथा प्रेस चौतारीका वरिष्ठ नेता विश्वमणि सुवेदीले स्वागत गरे ।
कार्यक्रममा चौतारीका महासचिव हिरामान लामा, सचिव कमल उपाध्याय, पत्रकार महासंघको लेखा संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, चौतारीका केन्द्रीय सदस्य ईश्वरी काफ्ले, अर्जुन क्षेत्रीसहितका वक्ताले मन्तव्य व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस् !