Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारामा प्रहरीको घुमुवा यादव र मोबाइल सिक्स टोलीका असई हुसैनको असुली धन्दा

admin
admin
March 9, 2025
बारामा प्रहरीको घुमुवा यादव र मोबाइल सिक्स टोलीका असई हुसैनको असुली धन्दा
600
SHARES
ShareTweetSubscribe

२५ फागुन,बारा । बारामा प्रहरीको क्राईम शाखाका घुमुवा र मोबाइल सिक्स टोलीको असुली धन्दा तीब्र भएको छ ।

क्राईम शाखाका घुमुवा प्रहरी जवान चन्दन यादव र मोबाइल सिक्स टोलीका कमान्डर प्रहरी सहायक निरीक्षक असई महम्मद हुसैन देवानको असुली धन्दा तीब्र भएको हो ।

घुमुवा प्रहरी जवान यादवले जिल्लाभरी र असई हुसैन कलैया क्षेत्रका साथै बरियारपुरका केही व्यापारीसंग महिनावारी रकम असुलीरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।

यादव र हुसैनले होली खर्चको नाममा समेत रकम उठाईरहेको स्रोतको दाबी छ ।

क्राईम शाखाका जवान यादवले मटिअर्वा नाका, दक्षिण झिटकैया, अमवा, कटहरिया, कबहीगोठ, बेल्दारी र सिम्रौनगढ नाकाका केही तस्करहरुसंग मालसमान पक्राउ नगर्ने र जिल्लाको टोली निस्किने बेला जानकारी गराउने शर्तमा रकम लिएको एकजना तस्करले नाम नलेख्ने शर्तमा बताए ।

प्रहरी जवान यादवले आफुलाई केही पत्रकार र प्रहरीको बिचौलियाको समेत साथ रहेको र हाकिमले खटाउँदा मालसामान नसमात्ने भनेर आफुहरुसंग रकम लिएको ती तस्करले दाबी गरे ।

प्रहरी जवान यादवले केही सिमित तस्करहरुसंग पाँच हजारदेखी ४० हजार सम्म रकम लिएको क्राईम शाखाका एकजना प्रहरी स्रोतको दाबी छ ।

प्रहरी जवान यादवले पैसा नलिएका तस्करहरुको मालसामान कहिलेकाही समात्ने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।

यता कलैया बजार क्षेत्रको गस्ती र सुरक्षाको जिम्मा पाएको प्रहरीको मोबाइल सिक्स टोलीका कमान्डर असई हुसेनले पनि आर्थिक संकलनमा जोडतोडले लागेका छन ।

असई हुसेनले कलैया बजारमा तस्करीका समान ल्याउने पोके,साईकल र मोटरसाइकल तस्करहरुसंग महिनावारी रकम लिएको एकजना तस्कर स्रोतले दाबी गरेको छ ।

असई हुसेनले महिनाको दस हजार देखि २० हजार सम्म असुल गरेको स्रोतको दाबी छ ।

असई हुसेनले कलैया बजारमा समान ल्याउने तस्करहरुसंग महिनाको करिब तीन देखि चार लाख रकम असुल गरेको प्रहरी स्रोतको दाबी छ ।

हुसेनले एउटा सुर्ती पसल, कपडा पसल र एउटा मोटरसाइकल पसलमा रकम राख्न लगाउने गरेको ती प्रहरी स्रोतले दाबी गरे ।

शुरुशुरुमा कलैया बजारबाट तस्करीको मालसामान समातेका असई हुसेनले भने रकम लिएपछि समात्न छोडेका छन ।

कलैया बजारमा अहिले बीरगन्ज,जितपुर सम्मका महिलाहरु र अन्य ठाउँका तस्करहरु भारतबाट कपडा, औषधि,काजु, सुर्ती सहितका समान तस्करी गरेर ल्याउने गरेका छन ।

प्रहरीको मोबाइल सिक्स टोलीको कमान्डर प्रहरी हवल्दार रहँदै आएको असई हुसेनले मोटो रकम खर्च गरेर कमाण्डर बन्न सफल भएका छन । यसअघि हवल्दार हुँदा हुसेन दुई पटक मोबाइल सिक्सका कमान्डर बन्न सफल भएका थिए ।

मोबाइल सिक्स टोलीको कमान्डर बन्न प्रहरी हवल्दारहरु मरिहत्ते गर्ने गरेका छन ।

असई हुसेन र जवान यादवले भने कसैसँग पैसा नलिएको दाबी गरेका छन ।

हुसेन र यादव पटकपटक घुमुवा र मोबाइल सिक्समा बस्न खोज्ने कारण प्रहरीको नेतृत्वले खोज्नुपर्ने मांग नागरिकले गर्न थालेका छन ।

Previous Post

काठमाडौँमा भूकम्पको धक्का

Next Post

समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति प्रेस चौतारीमा समाहित

admin

admin

Next Post
समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति प्रेस चौतारीमा समाहित

समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति प्रेस चौतारीमा समाहित

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.