५ बैशाख, बारा । बारामा प्रहरीले विभिन्न ठाउँबाट गाजा सहित तीनजनालाई नियन्त्रणमा लिएको छ
प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-३ बाट ना ५ ख २५०४ नम्बरको मिनी ट्रकमा लोड गरिएको तीन सय ६७ किलोग्राम गाजा सहित व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले मकवानपुर कैलाश गाउपालिका-१० का जीवन थोकर, हेटौंडा उपमहानगरपालिका-३ का ईश्वर लोप्चनलाई पक्राउ गरेको हो ।
प्रहरीले प्रसौनी गाउपालिका-४ बाट पवन कुमार साहलाई दुई किलो गाजा सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले पचरौता नगरपालिका-१ बाट ६० किलो गाजा सहित भारतको बिजवनी रेगनियाका राज बिहार कुमारलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी गराए ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जितपुरसिमरा उपमहानगरपालिका-२१ बाट ना ४१ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल सहित ११ किलो गाजा बरामद गरेको छ ।
गाजा ओसार्ने व्यक्तिहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !