१३ बैसाख,पर्सा । वीरगञ्ज महानगरपालिकाले गण्डक नहर क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने अभियान अन्तर्गत नहर किनारमा निर्माण गरिएका अवैध घर, पसल र टहराहरूमाथि डोजर चलाएर हटाउन सुरु गरेको छ ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालित यस अभियानका क्रममा सडक तथा नहरको ऐलानी जग्गा मिचेर बनाइएका स्थायी तथा अस्थायी संरचनाहरू भत्काइएको छ ।
साना व्यवसायीहरूका गुम्टीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न सहजीकरण गरिएको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने र सहरी आवागमनलाई सहज बनाउने उद्देश्यले चालिएको यस कदमले केही समयका लागि स्थानीय व्यापारीहरूमा अन्योल सिर्जना गरे तापनि दीर्घकालीन रूपमा सहरको सौन्दर्यकरण र विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया
